Thursday, December 16, 2010

वर्तमान नेपालको शिक्षा

पढाइन्छ र पढ्छन्, तर रटन्ते र घोकन्ते नाम दिइएको छ ।
पढाइन्छ र पढ्छन्, तर १८ औं शताब्दीको भनिएको छ ।
व्यवहारिक र प्रयोगात्मक हुनुप¥यो भन्ने आवाज पनि उठिराखेकै छ ।
किन त ? सर्टिफिकेट बिके मान्छे टिक्छ । राम्रो जागिर पाएर आरमदायी जीवन जिउन सक्छन् । आम मानिको सोच यस्तै हुन्छ र आफ्नो जुनियर विद्यार्थीहरुलाई रटाउन बाध्य हुन्छन् । नगरून् पनि किन ? “कहिँ नभएको जात्रा हाँडीगाउँमा” भनेझैं विदेशीले नेपालको शिक्षा राम्रो छ भन्देकोमा मख्ख छन् नेताहरु । बुझेका छैनन् भित्री समस्या ः बढ्दो बेरोजगारी र विदेश पलायन देशमा फैलिँदै गएको ।

सर्टिफिकेट त्यसको बिक्छ, जसले घोक्न सक्छ । सर्टिफिकेट बनाउने कुरो जाँच हो । तर जाँच तीन घण्टाको हुन्छ र जसले घोकेको लेख्न सक्यो उसको राम्रो सर्टिफिकेट आउँछ । राम्रो सर्टिफिकेटको मतलब राम्रो अङ्क अनि परिणामतः राम्रो जागिर । तर घोकेको मात्र हुनाले राम्रो जागिरबाट निकालिनुपर्ने पनि हुनसक्छ । त्यसैले यस्तो शिक्षा पढ्यो भने सर्टिफिकेट बोकेर चाहर्दै हिँड्नुपर्छ । तर त्यो शिक्षाले उसले नै केही गर्न सक्षम बनाउन सकेको हुँदैन । यसकारण बेरोजगार बढी र विदेश पलायन बढी । यी त भए परीक्षाका कुरा ।
कोर्स बुक र शिक्षामा पनि यस्तै छ । वर्षभरि पढाइन्छ मात्र जाँचको नाम लिएर । यो जाँचको निम्ति महत्वपूर्ण छ वा छैन भन्दै पढाइन्छ तर पढाइन्न कि यो पढेको हाम्रो जीवनमा यहाँ काम लाग्छ । यसको प्रयोग यहाँ गर्न सकिन्छ । किन नगरून् त शिक्षकले पनि ? किनकी पाठ्यक्रम ९ऋगचचष्अगगिm० नै त्यस्तो छ । यदि कुनै शिक्षकले त्यसरी नपढाएको खण्डमा जागिरबाट निकालिनु पर्छ । सामान्य रुपमा बुझ्नुपर्दा पढाइ ज्ञानको लागि नभएर जाँचको लागि मात्र भएको छ । त्यसैले विद्यार्थी के सिक्छन् भन्दा स्कुल÷कलेज बाहिर उनीहरु जे सिक्छन्, त्यहि सिक्ने भए र त्यसैलाई नै ज्ञानको तरिकाले लिने भए । आगोले पोल्छ भन्ने पढाइएन, तर सिके । नुनपानीमा करेन्ट फ्लो हुन्छ भनेर पढाइयो, तर सिकेनन् ! तर परीक्षामा त्यही प्रश्नमा उत्कृष्ट नम्बर ल्याए । यो छ शिक्षाको स्थिति ।
विद्यार्थीलाई जाँचको भूत देखाइयो, विद्यार्थी जाँचमा फेल भए, चिट चोर्न थाले र अन्तमा विद्यार्थी बदमास भएको घोषणा गरियो । शिक्षा विद्यार्थीले ज्ञान पाऊन् भनेर दिइयो तर विद्यार्थीले समाजमा नपच्ने क्रियाकलाप गरे र विद्यार्थी नराम्रो भएको घोषणा गरियो । यदि विद्यार्थीलाई राम्रा बनाउने जिम्मा शिक्षाको हो र विद्यार्थी नराम्रा भएका छन् भने शिक्षालाई नराम्रो भएको मान्नुपर्छ । चिट चोर्न हाम्रो शिक्षाले सिकाएन, तर विद्यार्थीले गरे । राम्रोसँग मित्रवत् व्यवहार गर्न शिक्षाले भन्यो, तर विद्यार्थीले गरेनन् । तर त्यही प्रश्नमा धेरै नम्बर ल्याए कसरी ?
कोर्सबुकको व्यथा पनि यस्तै छ । १६ प्रतिशत भूभागमा मात्र खेती गर्न मिल्छ तर घोकाइएको छ र घोषणा गरिएको छ ः नेपाल कृषिप्रधान देश हो । त्यत्रो ‘टुरिजम’ र ‘हाइड्रोपावर’ भएको देखिएन र १६ प्रतिशतको पछि लाग्नु प¥यो ! यस्ले सबैमा नकारात्मक सन्देश पठाउँछ र जेमा प्रगति सम्भव छैन, त्यसैमा लाग्न प्रोत्साहन गर्छ । यसले गर्दा बेरोजगारी र गरिबी बढ्छ । कोर्सबुकमा लेखिएको कुरा सही नै छन् तर लेखिएको विषयमा त्यो भन्दा बढी उन्नति हुन सक्दैन भन्ने किसिमको बोध गराइएको छ । सामान्य रूपमा हाम्रा कोर्सबुकहरु अपडेट पनि हुन सकेका छैनन्, विद्यार्थीहरुलाई यस विषयमा अहिले यस्तो–यस्तो भएको छ र यस्तो हुने सम्भावना देखिन्छ भनेर उत्साह थप्ने खालको बनेको छैन । यसरी हेर्दा हाम्रो शिक्षा प्रणाली हाम्रो लागि उचित नभएको जस्तो देखिन्छ ।
यी समस्या सबैले भोगेका हुन् तर यदि कसैले यसको विरुद्धमा आवाज उठाएमा, “त्यही शिक्षा पढेर त्यसैको विरोध गर्छन्” भनेर खिल्ली उडाइन्छ । तर के नेपालको शिक्षा पढेर विदेशको शिक्षाको बयान गर्नु त ? नेपालको शिक्षा पढेपछि त्यसका कमीकमजोरीहरु औंल्याउन सक्नुपर्छ र राम्रो पक्षलाई मनन गर्न सक्नुपर्छ । त्यसैले यसो हेर्दा नेपालको शिक्षा सुधार्न केही गर्न सकिन्छ जस्तो छ । म हाम्रो पाठ्यक्रम बनाउने प्रोफेसरहरुभन्दा सानो छु र अल्प ज्ञान छ । तैपनि आफूलाई चित्त नबुझेको ठाउँमा विचार मन्थन गर्न चाहन्छु ।
कोर्सबुकबाट सुरु गर्नुपर्दा कोर्सबुकमा नचाहिँदो अर्थात् नेपालको लागि उपयुक्त नभएको विषय (क्गदवभअत)लाई हटाएर एउटा थप विषय ‘टुरिजम र हाइड्रोपावर’ लाई सानो कक्षा देखि नै समावेश गरिनुपर्छ । विद्यालयमा नै यदि यो शिक्षा दिइयो भने नेपालमा कृषि मात्र होइन १०० प्रतिशत उत्पादन हुने टुरिजम र हाइड्रोपावर माथि उठ्छ । पढाउँदा व्यवहारिक प्रयोग ९ब्उउष्अिबतष्यल०मा आधारित भएर पढाउनु पर्छ, जाँचको निम्ति होइन । कोर्स पहिला विद्यार्थीको इच्छा खिच्ने तरिकाले सुरु गर्नुपर्छ र हालसालैको उन्नतिलाई च्याप्टरको अन्तिममा समावेश गरिनुपर्छ । यसरी पुस्तक हरेक वर्ष परिमार्जन गर्नुपर्छ । विद्यार्थी आफैलाई खोजमुलक तरिकाले अघि बढाउन खोज्नुपर्छ । न कि कुनै गृहकार्य घरमा गएर किताब सारेर ल्याइएको नहोस् । विद्यार्थीले आफँै अन्तिममा खोज्नुपर्ने तरिकाले सिकाउनुपर्छ । परिस्थितिअनुरूप चल्न विद्यार्थीलाई सिकाउनुपर्छ । विद्यार्थीमा नेतृत्व, समस्या समाधान, सामूहिक कार्य, विश्लेषणात्मक सोच, मित्रवत् व्यवहार आदिको विकास गर्नको लागि रेडक्रस, स्काउट तथा अन्य बाल तथा युवाक्लबमा समावेश हुनुपर्ने व्यवस्था मिलाउनुपर्छ । शिक्षकले विद्यार्थीलाई मित्रवत ढङ्गबाट पढाउनुपर्छ । होमवर्कको डर र धम्की देखाएर होइन, विद्यार्थीको इच्छाअनुरूप चल्नुपर्छ ।
विद्यार्थीको जाँच सबै कोणबाट गर्नुपर्छ । वादविवाद, वक्तृत्वकला, पढाइ, खेलकुद, सङ्गीत, लेख–रचना, सामाजिक कार्य, स्वास्थ्य, अनुशासनर दैनिक बानीव्यहोराजस्ता सबै पक्षमा बराबर प्रोत्साहन गर्नुपर्छ । पढाइमा सबैभन्दा अगाडि र स्वास्थ्य र खेलमा पछाडि भएर पनि मान्छे सफल हुन सक्दैन । एउटा विद्यार्थी सफल हुनलाई विभिन्न कुराले असर पु¥याइरहेको हुन्छ, त्यसलाई विचार गर्नुपर्छ । पढाइ जीवनको एउटा पाटो हो, सबै होइन । घोक्नु र तीन घण्टे जाँच दिनुलाई मात्र होइन, मानव जीवनलाई असर पार्ने सबैलाई उत्तिकै सम्मान दिनुपर्छ किनभने जो पनि कुनै न कुनै रूपमा तेजिला हुन्छन् र त्यही तरिकाबाट अघि बढ्न दिइनुपर्छ । यसले विद्यार्थीको आन्तरिक चाहना पनि व्यक्त हुन्छ । कसैले रातभरि पढ्दैमा राम्रो हुने र कोही जाँचमा नम्बर नपुगेर मात्रै फेल हुने होइन । त्यसैले विश्वस्तरीय विद्यार्थी (न्यिदब िकतगमभलतक)को कुरा आएको बेलामा “चिट चोरे पाँच नम्बर घटाइन्छ” भन्ने परीक्षा प्रणाली परिवर्तन गर्नुपर्छ । यदि चिट विद्यार्थी चोर्छन् भने परीक्षा हलमा किताब लान दिइनुपर्छ तर यस्तो अवस्थामा ग्रेडिङ सिस्टम हुनुपर्छ र प्रश्न पनि विश्लेषणात्मक ९ब्लबथितष्अब०ि हुनपर्छ, किताब सार्ने खालको होइन । तर यसो भन्दैमा बच्चैदेखि किताब देखाएर विश्ेषणात्मक तरिकाले प्रश्न बनाउने भन्न खोजेको होइन । मेरो विचारमा कक्षा १–६ सम्मलाई किताब नहेरी लेख्न लगाउने अर्थात् व्याख्यात्मक (म्भकअचष्उतष्खभ) खालको नै प्रश्नपत्र बनाउनुपर्छ स्मरणशक्ति विकासको लागि । कक्षा ७–१२ वा उच्च शिक्षाका लागि किताब हेर्न दिने तर प्रश्नपत्र विश्ेषणात्मक बनाउनुपर्छ, नयाँ सोच जगमगाउनको लागि । यसरी नै विद्यार्थीको वर्षभरिको क्रियाकलाप हेरिनुपर्छ । रातभरी घोकेर विशिष्ट श्रेणी ९म्ष्कतष्लअतष्यल० ल्याउने प्रवृत्तिलार्ई निरुत्साहित पार्नुपर्छ । यसको लागि सबैले सहयोग गर्नुपर्छ ।
शिक्षा यस्तो हुनुपर्छ कि हामी सर्टिफिकेट देखाउने होइन, अरूले सर्टिफिकेट हेर्ने हुनुपर्छ । पढेको कुरा सिक्नुपर्छ र व्यवहारमा उतारिनुपर्छ , पास र फेलको सीमाना ९ऋचष्तभचष्ब० बनाउनु हुँदैन । यदि गरेमा सबै राम्रै हुन्छन् किनकि सबैमा एउटा न एउटा गुण त पक्कै हुन्छ । यसरी अहिलेको शिक्षालाई पूर्ण रूपमा परिमार्जन गरिनुपर्छ । पढ्ने र पास गर्नेबित्तिकै जागिर पाइन्छ भन्नु मूर्खता हो । पढेर ज्ञान पाइन्छ । जसले त्यस ज्ञानलाई अघि बढाउँछ, उसलै जीवन राम्ररी बिताउन सक्छ । स्मरण होइन, ज्ञानबाट अघि बढ्न प्रोत्साहन गर्नुपर्छ ।
लेखक ः मैले यो आफूलाई लागेको र आफ्नो विचार मात्र समावेश गरेको हुँ । यदि यहाँ कमीकमजोरी भएका सुधारको लागि मयबिपजबउचबकगल२नmबष्।िअयm मा कमेन्ट पठाइदिनुहोला ।

No comments:

Post a Comment